कपिलवस्तु जेठ १८
पठन पाठनका क्रममा निकै सरल तरिकाले नम्र ब्यवहार र विद्यार्थीसंग मिठासपुर्ण तवरले कक्षा संचालन गर्नु पर्ने विधीको संसार भर पालना हुदा कपिलवस्तुको एक क्याम्पसमा भने विद्यार्थी प्रति आक्रमक ब्यवहार देखाउने एक शिक्षकको विषयको कक्षा विद्यार्थीहरुले विगत एक हप्ता देखि बहिष्कार गदै आएका छन ।
आफुहरुप्रति आक्रमक शैलीको प्रयोग गरेको भन्दै कपिलवस्तु शिव।ाज नगरपालिका शिवपुरमा रहेको नेपाल आर्दश बहुमुखि क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले फाउन्डेशन अफ हेल्थका शिक्षक विष्णु बहादुर क्षेत्रिको कक्षा बहिष्कार गरेका हुन । आफुहरुले सोधका प्रश्नको जवाफ नदिने कक्षामा आक्रमकशैलीले प्रस्तुत हुने र शिक्षक अत्यन्तै घमण्डी भएका कारण आफुहरुले कक्षा बहिष्कार गरी अन्य शिक्षकको माग गरेको विद्यार्थीहरुले बताएका छन ।
यदि क्याम्पस प्रशासनले सोहि शिक्षकबाट आफुहरुलाई कक्षा अध्यापन गराउने प्रयाश गरेमा सम्पुर्ण विद्यार्थीलाई अन्य क्यापसमा स्थान्नतरण गराउने विद्यार्थीहरुले क्याम्पस प्रमुख समक्ष प्रस्ताव गरेका छन । क्याम्पस संगै उपस्थास्थ्य चौकिका प्रमुख समेत रहेका शिक्षक विष्णु क्षेत्रिले आफु र आफनी श्रीमतिको जागीरको रवाफ देखाउदै विद्यार्थीलाई क्याम्पसको जागीर आवश्यक नरहेको बताएका थिए । जस्ले गर्दा विद्यार्थीहरुले शिक्षक क्षेत्रिको कक्षा एक हप्ता देखि बहिष्कार गदै आएका छन ।
शिक्षक क्षेत्रि संग सो विषयमा जानकारी लिन खोज्दा उहाँले आफुबाट कमजोरी भएको तर आगमी दिनमा यस्ता कमि कमजोरी नहुने र एक पटक आफुलाई सुध्रिने मौका दिनु पर्ने बताउनुभयो । क्यामपसका प्रमुख नवराज पाण्डेयले शिक्षक क्षेत्रि अत्यतै अनुभवी र आफनो विषयमा दक्षता भएको शिक्षक भएका कारण विद्यार्थीहरुलाई आफनो माग फिर्ता लिई शिक्षक क्षेत्रिलाई सुधारका लागी समय दिनु पर्ने बताउनुभयो । तर विद्यार्थीहरुले क्याम्पस नै स्थान्नतरण गर्ने बताए पछि क्याम्पस प्रशासनले क्षेत्रिले अध्यापन गराउने विषय विगत दुई दिन देखि शिक्षीका लक्ष्मी पाण्डेको जिम्मा लगाएको छ ।
No comments:
Post a Comment