नेपाली युवाको शब तीन महिनादेखि साउदीमा अलपत्र
२ असार, दोलखा । वैदेशिक रोजगारीको
सिलसिलामा साउदी अरब पुगेका दोलखा मालीका एक युवाको मृत्यु भएको तीन महिना
बितिसक्दा पनि उनको शव स्वदेश ल्याइएको छैन । फागुन १० गते सवारी
दुर्घटनामा मृत्यु भएका माली- ८ का लालबहादुर बस्नेतको शव अहिलेसम्म पनि
ल्याउन नसकिएको हो । मृत्यु भएको तीन महिनासम्म पनि उनको शव नेपाल ल्याउन
नसकिएपछि पीडितका परिवारजन चिन्तित बनेका छन् ।
मृतक युवकको शव झिकाउन सम्बन्धित मेनपावर,
परराष्ट्र कन्सुलर, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलगायतलाई पटकपटक
अनुरोध गरे पनि सुनुवाइ नभएको मृतकका काका ज्ञानबहादुर बस्नेतले गुनासो
गर्नुभयो । मृतक बस्नेतको शव साउदीस्थित एक अस्पतालमा राखिएको र उनी
कार्यरत कम्पनीले शव बुझ्न नमानेका कारण समस्या भएको बताइएको छ । विसं २०६९
वैशाखमा काठमाडौँस्थित नाइल इन्टरनेसनल ओभरसिजमार्फत साउदी अरब पुगेका
बस्नेतको काम सुरु गरेको नौ महिना नपुग्दै दुर्घटनामा परी मृत्यु भएको थियो
। रासस
No comments:
Post a Comment