–रेखा थापा, नायिका
नायिका रेखा थापा यतिबेला चर्चामा छिन् ।
एकीकृत नेकपा माओवादीमा प्रवेश गरेपछि थापाको चर्चा अरु बढेको छ । पार्टीमा
प्रवेश गरिसकेपछि पनि उनी काली नामको चलचित्र बनाउन सक्रिय छिन् । यसै
सन्दर्भमा भर्खरै अनलाइनखबरका लागि रेखाले दिएको एक अन्तरवार्तामा उनले आफूमाथि हुँदै आएका आलोचनाहरुको यसरी प्रतिवाद गरेकी छन् :
कलाकार राष्ट्रको गहना हुन्छन् । तर तपाई त माओवादीको कार्यकर्ता बन्नुभयो, हामी तपाईलाई कलाकार भनौं कि पार्टीको कार्यकर्ता ?
–म गहनाबाट अब देशको सेवक हुन चाहन्छु ।
मलाई कुनै पनि पार्टीको कार्यकर्तामात्रै भन्दा पनि तपाईहरु र राष्ट्रको
सेवकका रुपमा चिनिदिनुभए हुन्छ । म माओवादीमा प्रवेश गरेको पनि देश र
जनताको सेवा गर्नकै लागि हो । समाजको सेवक बन्नका लागि हो ।
के
देखेर, र के गर्छु भनेर माओवादीमा प्रवेश गर्नुभयो ? पार्टीमा तपाईको
भूमिका के रहन्छ ? पार्टीको नीति नियमको बारेमा कत्तिको स्पष्ट हुनुहुन्छ ?
–पार्टीमा लागिसकेपछि त्यसका नीति
नियमहरुको पालना गर्नैपर्छ । कतिपय नीति नियम नयाँ पनि बन्दै जान्छन् ।
पार्टीमा लागिसकेपछि नबुझेका विषय पनि बुझिन्छ । जहाँसम्म मेरो भूमिकाको
प्रश्न छ, मलाई यस्तै भूमिका चाहिन्छ भन्ने आग्रह छैन, राजनीतिमार्फत
समाजको सेवा गर्ने मेरो भूमिका रहने छ । बाँकी भूमिका भविश्यले निर्धारण
गर्नेछ ।
तपाईले पार्टी प्रवेश गर्दा
माओवादी गरीवको पार्टी भन्नुभएको थियो । तर, तपाईका नेताहरु आलिसान महलमा
बसिरहेका छन् । गरीव जनताको कुरा सुनिरहेका छैनन् । तपाई यसलाई कसरी
लिनुहुन्छ ?
–युद्धका बेला नेताहरुको भूमिका बेग्लै
थियो । तर, अहिले सरकारमा जाने र अन्य भूमिका निर्वाह गर्ने क्रममा
उहाँहरुले प्रयोग गरेका महलहरु नेताका पेवा होइनन् जस्तो मलाई लाग्छ ।
पहिला छवि ओझालाई प्रयोग
गर्नुभयो, अब फेरि माओवादी पार्टीलाई प्रयोग गरेर अगाडि बढ्न थाल्दै
हुनुहुन्छ भन्ने तपाईलाई आरोप लाग्ने गरेको छ, के यो साँचो हो ?
हिजोका दिनमा कसले कसलाई प्रयोग गर्यो,
त्यो इतिहासले प्रष्ट पार्ने कुरो हो । चेतनशील मान्छेले कसैलाई यस्तो आरोप
लगाउन सक्दैन । म कसैलाई प्रयोग गर्ने वा कसैबाट प्रयोग हुने मान्छे होइन ।
मान्छेले अपमानित गर्नका लागि यस्ता आरोपहरु लगाएका मात्र हुन् । तपाईहरु
कोही पनि यस्तो भ्रममा नपर्नुहुन आग्रह गर्छु ।
देशमा बढदो अशान्ति गरीविले गर्दा
लाखौ युवाहरु विदेशिएका छन । तपाईको पार्टि प्रवेशले ति युवाहरुलाई
स्वदेशमै राख्ने खालको कुनै योजनाहरु छन् ?
–म पार्टीमा नरहँदा पनि र नरहँदा पनि यस
विषयमा सोच्ने गरेकी छु । अमेरिका गएर फर्केपछि मैले देशभित्रै बसेर केही
गर्नुपर्छ भन्ने कुरा गर्दा धेरैले मेरो विरोध गरे । हामीकहाँ राम्रो काम
गर्न खोज्दा विरोध गर्ने चलन छ । तर, म विचलित नभई युवाहरुको पक्षमा काम
गर्न तयार छु । म आफैं पनि युवा हुँ । त्यसैले युवाहरुले विदेश जानु
नपरोस्, रोजगारीका लागि भनेर एकजना पनि नेपालीले एयरपोर्ट टेक्नु नपरोस् ।
त्यसका कहाँ कहाँ संघर्ष गर्नुपर्ने हो, त्यसका लागि लड्न म तयार छु । बरु
यसका लागि मैले पार्टीभित्र र बाहिर कसरी संघर्ष गर्नुपर्छ, सल्लाह र सुझाव
दिनुहोला, तपाईहरुसँग हातेमालो गरेर अघि बढ्न म तयार छु । तपाई हामीले
मिलेर यो काम गर्नुपर्छ र देशको भलो हुने काम सोच्नुपर्छ । तपाईहरुको माया
पाएपछि मैले यसबारे अवश्यै केही गर्न सक्छु भन्ने सोचेकी छु ।
तपाई आफुलाई कतिको सेक्सी ठान्नुहुन्छ ? जति उमेर ढल्कँदैछ, उति सेक्सी देखिन थाल्नुभएको छ, यसको राज के होला ?
–मेरो उमेर कहाँ ढल्केको छ र ? झनै जवानी
पो चढ्दैछ ! जहाँसम्म सेक्सी देखिएको भन्ने कुरा छ, मलाई त्यस्ती छु जस्तो
लाग्दैन, तपाईहरुलाई लाग्यो होला ।
सेक्सबारे तपाईको धारणा के हो ?
–सेक्सका बारेमा भन्दा पनि म देशका बारेमा
सोच्न चाहन्छु । धेरै युवायुवतीले देश छाडेर, विदेशमा गएर काम
गरिराख्नुपरेको छ । हाम्रा सबै नेपाली दाजुभाइले आफ्नै देशमा बसेर काम
गर्ने र खुशीसाथ जीवन बिताउने वातावरण बनाउनुपर्छ ।
अर्को विवाह गर्ने सोचाइमा हुनुहुन्छ कि ? के सोचाइ बनाउनुभएको छ ? घरबार गर्ने हो भने कस्तोखालको रोज्नुहुन्छ ?
–मैले विवाहबारे केही पनि सोचेकी छैन र
अहिले विवाह मेरो कल्पनाभित्र छैन । जहाँसम्म मेरो कस्तोखालको घरबार हुन्छ
भन्ने प्रश्न छ, मैले केटाको धन सम्पत्ति हेर्दिँन । मेरो घरबार रिक्साचालक
वा सब्जी ब्यापारीसँग पनि हुन सक्छ । वैदेशिक रोजगारीमा गएकाहरुसँग पनि
हुन सक्छ । मैले यसबारे अहिल्यै सोचेकी छैन ।
तपाई र छविको सम्बन्ध टुटेको रहेछ, अब तपाईको साथ पाउने भाग्यमानी को होला ?
–विवाह, सम्बन्ध र मृत्यु आफूले चाहेर नहुँदोरहेछ । अब मेरो कोसँग विवाह होला, यो मेरो कल्पना बाहिरको कुरा हो ।
छवि ओझालाई छाडनुको कारण के हो ? धन, उमेर या सेक्स ?
–छविजीलाई मैले छाडेकी हैन, माथिबाटै यस्तो हुन गएको हो । लेखान्तको कुरो हो ।
तपाईको नाम प्रकाश दाहाल र जीवन लुइटेलसँग जोडिन थालेको रहेछ, सत्य के हो ?
–जीवन लुँइटेल र म एउटै गाउँका हौं । उनी
मेरी मम्मीलाई मम्मी भन्छन् । हाम्रो परिवारमा उनको आवत-जावत पनि भैरहन्छ ।
उनी मेरा असाध्यै राम्रा साथी हुन् । उनले पनि चलचित्र क्षेत्रमा १०
वर्षभन्दा बढी संघर्ष गरेर यहाँसम्म आएका छन् । उनी विवाहित मानिस हुन् ।
जहाँसम्म प्रचण्डपुत्रको कुरा छ, काम नभएका मान्छेले फुर्सद कटाउन लगाउने
यस्ता उट्पट्याङ आरोपका पछाडि लाग्ने मलाई फुर्सद छैन ।
(मलेसियाबाट प्रकाशित हुने अनलाइनखबरको सहप्रकाशन नेपालीखबरका लागि
त्यहाँस्थित विभिन्न नेपाली युवाहरुले सोधेका प्रश्न र नायिका थापाले दिएको
जवाफमा आधारित)
No comments:
Post a Comment