बन्दको विरोधमा निशा र आर्यनको आक्रोश
आइतबार नेकपा माओवादी लगायतका ३३ दलले आयोजना गरेको बन्दले आम जनतासँगै सिंगो सिने नगरीलाई पनि हैरानीमा पारेको छ । हलमा चलेका सिनेमाले बन्दकै कारण लाखौ घाटा बेहोरेका छन् भने कलाकारहरुले पनि सास्ती भोगेका छन् ।यो बन्दले आजा ४ बजे नै उठायो
बन्द गर्ने प्रथा कहिले बन्द हुन्छ ?
नभए बन्द गर्नेहरु नै बन्द भए कसो होला ?
अब सुटिङमा सुटिङ गर्ने कि सुतिङ ।।
यता नायिका निशा अधिकारीले पनि फेसबुकमा बन्दका कारण ४ बजे नै उठेर छायांकनमा पुगेको फेसबुकमा लेखेकी छिन् । उनले भारतले बनाएको संघियता नेपालीहरुको हातमा छ भन्ने कुरा बिहानै पत्रिकामा पढेको उल्लेख गरेकी छिन् । फेसबुकमा निशाले देशमा पैसा खाने र देश बेच्नेहरुको कमी छैन भन्दै निक्कै आक्रोश पोखेकी छिन् ।
No comments:
Post a Comment