यौन सम्बन्धि रोचक तथ्य
1 पुरुषमा भन्दा महिलामा यौनइच्छा बढि हुन्छ । तथापि उनीहरुले सुरुमा यो प्रकट गर्न संकोच मान्छन् ।
2 विवाहले मान्छेको आयू बढाउँछ । विवाहपछि हुने नियमित यौन
सम्पर्कलेमानिसको मन शान्त हुनुका साथै मान्छे शारीरिक रुपमा पनि स्वस्थ
बन्दछ, जसले स्वभाविक रुपमा मान्छे बढि बाँच्छ ।
3 अविवाहित मानिसको क्यान्सरका कारण मृत्यु हुने खतरा बढि हुन्छ
।अविवाहितलाई खासगरी फोक्सो, स्तन तथा प्रोस्टेट ग्रन्थीको क्यासर बढि हुने
गर्छ ।
4 यौनिक रुपमा सक्रिय मानिसहरुमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनैसुरक्षाका उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।
5 मृत्युको बारेमा बढि सोचिरहने पुरुषले बढि बच्चा जन्माउने इच्छा व्यक्त गर्छ ।
6 गर्भनिरोधक चक्की खाने महिलाहरुको पिसाबबाट निस्कने ओस्ट्रोजन
हर्मोनलेखाद्य श्रृंखला तथा खानेपानी समेत दुषित गर्नसक्छ । यो हर्मोनले
विशेष प्रकारको क्यान्सरलाई बढावा समेत गर्ने बताइन्छ । विश्वमा सबैभन्दा
बढि गर्भनिरोधक चक्कीको सेवन १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने
गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढिअसुरक्षित यौन सम्पर्क हुने
गर्छ । पति पत्नीबीचको सम्बन्ध गाढा तथा आत्मिय बनाइराख्न नियमित सम्भोग
अत्यावश्यक हुन्छ ।
7 श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् भनेलोग्नेले आफुमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।
8 नियमित यौन सम्पर्क राख्नाले मुटुरोग, उच्च तनाव, मधुमेह जस्ता रोगकोरोकथाममा सहयोग पुग्छ ।
9 धेरैले सोँछन् कि लिंगमा हाड हुँदैन त्यसैले यो भाँचिदैन । तर यसो
होइन यदि लिंगलाई जोडसँग मोडियो लिंगको मांसपेशी टुट्नसक्छ, जसलाई लिंग
भाँचिएको भनिन्छ । यसरी लिंग भाँचियो भने त्यसको उपचार गरीपहिलेको अवस्थामा
ल्याउनु प्रायः असम्भव नै हुन्छ ।
करियरसम्बन्धी पूर्वयोजना
करियरको हिसाबले आजको समय प्रतिस्पर्धाको समय हो। संसार दु्रत गतिमा
परिवर्तन भैरहेको छ र प्रत्येक क्षेत्रमा ठूलो प्रतिस्पर्धा भएकाले आफ्नो
करियरको राम्रो प्लानिङ गर्ने मानिसले नै सफलता चुम्न सक्छ। यस्तोमा
करियरसम्बन्धी पूर्वयोजना बनाएर आफ्नो लक्ष्य निर्धारण गर्ने मानिसले
अपेक्षाकृत चाँडो सफलता प्राप्त गर्छ।
पूर्वयोजना
करियरसम्बन्धी पूर्वयोजनाको सबैभन्दा उचित समय एसएलसीलाई मानिन्छ। एसएलसी
उत्तीर्ण गरिसकेपछि ११ औं कक्षामा कुन विषय छनौट गर्ने भन्ने प्रश्नमा
विद्यार्थी एवं अभिभावक दुवै अल्झिन्छन्। यो समयमा छनौट गरिएको विषयले
करियरको बलियो जग बसाल्छ। विषयको छनौट गर्नु कठिन काम होइन, मात्र आवश्यकता
छ उचित मार्गदर्शनको जुन शिक्षक, अभिभावक, काउन्सिलर आदिबाट लिन सकिन्छ।
विद्यार्थीले आफ्नो अभिरुचि, योग्यता एवं क्षमताको मूल्यांकन गरेर
एसएलसीपछि उपयुक्त विषय छनौट गरेर सफलताको बाटोमा पूरै हिम्मत एवं क्षमताका
साथ अघि बढ्नुपर्छ।
सामान्य रूपमा ११औं कक्षामा प्रवेश गर्दा प्रमुखरूपमा ५ विषयमध्ये कुनै
एउटा छनौट गरिन्छ जसले विद्यार्थीको लक्ष्य निर्धारित गर्छ। ती ५ विषय
हुन्— गणित, जीव विज्ञान, कृषि, वाणिज्य तथा कला।
यसरी गरौं विषय छनौट
कुनै पनि विषय छनौट गर्दा आफ्नो रुचि, दृष्टि एवं प्रतिभालाई सर्वोपरी
राख्नुपर्छ। यसका लागि विद्यार्थी सेल्फ असेसमेन्ट टुल्स जस्तो करियर टेस्ट
पनि प्रयोग गर्न सक्छन्, जुन इन्टरनेटमा सजिलै उपलब्ध छ। जुन विषय वा
क्षेत्रमा लगाव छ त्यही क्षेत्रमा राम्रो काम गर्न सकिन्छ। त्यसैले विषय
छनौट गर्दा रुचि र क्षमतासँग सम्झौता गर्नु हुँदैन। हो, करियरको छनौट
गर्नुभन्दा पहिले आफ्ना शिक्षक, अभिभावक एवं साथीहरूसँग सरसल्लाह
गर्नुपर्छ, तर अन्तिम निर्णय भने आफैं लिनुपर्छ।
कुनै विषयलाई कम नसोचौं
सामान्यतः विद्यार्थी र अभिभावकको धारणा के हुन्छ भन्ने विज्ञान विषय
लिएपछि चाँडै सफलता प्राप्त गर्न सकिन्छ तर यो गलत सोच हो। किनभने विज्ञान
विषय लिनु सफलताको ग्यारेन्टी होइन। आज सबै विषय करियरको हिसाबले धेरै
उपयोगी सावित भैरहेका छन्। करियरको हिसाबले कर्मस र आर्टस् पनि उत्तिकै
महत्वपूर्ण छन्। त्यसबाहेक धेरै यस्ता क्षेत्र छन् जसमा विषयको बन्धन
हुँदैन। ती क्षेत्रहरूमा पनि विद्यार्थीका लागि अपार अवसर उपलब्ध छन्।
केही महत्वपूर्ण तथ्य
करियर प्लान गर्दा आफ्नो क्षेत्रसँग सम्बन्धित सबै सानोतिनो कुराको पूरै
ख्याल राख्नुपर्छ। विषय छनौट गर्नुभन्दा पहिले विद्यार्थीले आफ्नो क्षमता र
रुचिलाई अगाडि राखेर सम्बन्धित क्षेत्रको सम्भावनाका बारेमा जानकारी राखेर
मात्र तयारी गर्नुपर्छ।
विद्यार्थीका लागि
- करियर छनोट गर्दा सबैभन्दा पहिले आफ्नो रुचि, इच्छाशक्ति एवं प्रतिभाका सम्बन्धमा मन्थन गर्नुपर्छ।
- परीक्षामा प्राप्त अंकलाई विषय छनौटको आधार बनाउनु हुँदैन। आफ्नो मनको
आवाज सुन्नुपर्छ र त्यही विषय छान्नुपर्छ जसमा आफ्नो पकड बलियो छ।
- सामान्यरूपमा विद्यार्थीहरू आफ्ना साथीभाइको देखासिकीमा करियर छनोट
गर्छन्। यो करियरका लागि घातक हुन्छ किनभने सबै विद्यार्थीको रुचि, क्षमता
अनि महत्वाकांक्षा एउटै हुँदैन।
- कतिपय विद्यार्थीले आफ्नो क्षमतालाई पन्छाएर धेरै ठूलो लक्ष्य लिन्छन्
जसको परिणाम राम्र्रो हुँदैन। ठूलो लक्ष्य लिनु नराम्रो होइन तर त्यसका
लागि आफ्नो क्षमता र सीमाको सही मूल्यांकन गर्नु आवश्यक छ।
अभिभावकका लागि
अभिभावकबाहेक विद्यार्थीलाई अरू कसैले मार्गदर्शन गर्न सक्दैन।
विद्यार्थीको पहिलो रोलमोडल र काउन्सिलर अभिभावक नै हुन्छन्। त्यसैले
अभिभावकले आफ्ना छोराछोरीको विषय र करियर छनौटमा विशेष ध्यान
पुर्याउनुपर्छ।
- विद्यार्थीको रुचि एवं भावनाको सम्मान गर्नुपर्छ। उसको रुचि र क्षमतालाई
ध्यानमा राखेर नै करियर र विषय छनौट गर्ने सल्लाह दिनुपर्छ।
- कैयौं अभिभावक विद्यार्थीमाथि आफूले चाहेको करियर थोपार्ने प्रयास गर्छन्। त्यसो गर्नु उपयुक्त होइन।
- विद्यार्थीसँग कठोरतापूर्वक व्यवहार गर्नुहुँदैन। उनीहरूसँग मित्रवत
व्यवहार गर्नुपर्छ। यसले उनीहरू अभिभावकका अगाडि खुलेर आफ्नो समस्या र
इच्छा व्यक्त गर्न सक्छन्।
1 पुरुषमा भन्दा महिलामा यौनइच्छा बढि हुन्छ । तथापि उनीहरुले सुरुमा यो प्रकट गर्न संकोच मान्छन् ।
2 विवाहले मान्छेको आयू बढाउँछ । विवाहपछि हुने नियमित यौन सम्पर्कलेमानिसको मन शान्त हुनुका साथै मान्छे शारीरिक रुपमा पनि स्वस्थ बन्दछ, जसले स्वभाविक रुपमा मान्छे बढि बाँच्छ ।
3 अविवाहित मानिसको क्यान्सरका कारण मृत्यु हुने खतरा बढि हुन्छ ।अविवाहितलाई खासगरी फोक्सो, स्तन तथा प्रोस्टेट ग्रन्थीको क्यासर बढि हुने गर्छ ।
4 यौनिक रुपमा सक्रिय मानिसहरुमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनैसुरक्षाका उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।
5 मृत्युको बारेमा बढि सोचिरहने पुरुषले बढि बच्चा जन्माउने इच्छा व्यक्त गर्छ ।
6 गर्भनिरोधक चक्की खाने महिलाहरुको पिसाबबाट निस्कने ओस्ट्रोजन हर्मोनलेखाद्य श्रृंखला तथा खानेपानी समेत दुषित गर्नसक्छ । यो हर्मोनले विशेष प्रकारको क्यान्सरलाई बढावा समेत गर्ने बताइन्छ । विश्वमा सबैभन्दा बढि गर्भनिरोधक चक्कीको सेवन १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढिअसुरक्षित यौन सम्पर्क हुने गर्छ । पति पत्नीबीचको सम्बन्ध गाढा तथा आत्मिय बनाइराख्न नियमित सम्भोग अत्यावश्यक हुन्छ ।
7 श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् भनेलोग्नेले आफुमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।
8 नियमित यौन सम्पर्क राख्नाले मुटुरोग, उच्च तनाव, मधुमेह जस्ता रोगकोरोकथाममा सहयोग पुग्छ ।
9 धेरैले सोँछन् कि लिंगमा हाड हुँदैन त्यसैले यो भाँचिदैन । तर यसो होइन यदि लिंगलाई जोडसँग मोडियो लिंगको मांसपेशी टुट्नसक्छ, जसलाई लिंग भाँचिएको भनिन्छ । यसरी लिंग भाँचियो भने त्यसको उपचार गरीपहिलेको अवस्थामा ल्याउनु प्रायः असम्भव नै हुन्छ ।
करियरसम्बन्धी पूर्वयोजना
पूर्वयोजना
करियरसम्बन्धी पूर्वयोजनाको सबैभन्दा उचित समय एसएलसीलाई मानिन्छ। एसएलसी उत्तीर्ण गरिसकेपछि ११ औं कक्षामा कुन विषय छनौट गर्ने भन्ने प्रश्नमा विद्यार्थी एवं अभिभावक दुवै अल्झिन्छन्। यो समयमा छनौट गरिएको विषयले करियरको बलियो जग बसाल्छ। विषयको छनौट गर्नु कठिन काम होइन, मात्र आवश्यकता छ उचित मार्गदर्शनको जुन शिक्षक, अभिभावक, काउन्सिलर आदिबाट लिन सकिन्छ। विद्यार्थीले आफ्नो अभिरुचि, योग्यता एवं क्षमताको मूल्यांकन गरेर एसएलसीपछि उपयुक्त विषय छनौट गरेर सफलताको बाटोमा पूरै हिम्मत एवं क्षमताका साथ अघि बढ्नुपर्छ।
सामान्य रूपमा ११औं कक्षामा प्रवेश गर्दा प्रमुखरूपमा ५ विषयमध्ये कुनै एउटा छनौट गरिन्छ जसले विद्यार्थीको लक्ष्य निर्धारित गर्छ। ती ५ विषय हुन्— गणित, जीव विज्ञान, कृषि, वाणिज्य तथा कला।
यसरी गरौं विषय छनौट
कुनै पनि विषय छनौट गर्दा आफ्नो रुचि, दृष्टि एवं प्रतिभालाई सर्वोपरी राख्नुपर्छ। यसका लागि विद्यार्थी सेल्फ असेसमेन्ट टुल्स जस्तो करियर टेस्ट पनि प्रयोग गर्न सक्छन्, जुन इन्टरनेटमा सजिलै उपलब्ध छ। जुन विषय वा क्षेत्रमा लगाव छ त्यही क्षेत्रमा राम्रो काम गर्न सकिन्छ। त्यसैले विषय छनौट गर्दा रुचि र क्षमतासँग सम्झौता गर्नु हुँदैन। हो, करियरको छनौट गर्नुभन्दा पहिले आफ्ना शिक्षक, अभिभावक एवं साथीहरूसँग सरसल्लाह गर्नुपर्छ, तर अन्तिम निर्णय भने आफैं लिनुपर्छ।
कुनै विषयलाई कम नसोचौं
सामान्यतः विद्यार्थी र अभिभावकको धारणा के हुन्छ भन्ने विज्ञान विषय लिएपछि चाँडै सफलता प्राप्त गर्न सकिन्छ तर यो गलत सोच हो। किनभने विज्ञान विषय लिनु सफलताको ग्यारेन्टी होइन। आज सबै विषय करियरको हिसाबले धेरै उपयोगी सावित भैरहेका छन्। करियरको हिसाबले कर्मस र आर्टस् पनि उत्तिकै महत्वपूर्ण छन्। त्यसबाहेक धेरै यस्ता क्षेत्र छन् जसमा विषयको बन्धन हुँदैन। ती क्षेत्रहरूमा पनि विद्यार्थीका लागि अपार अवसर उपलब्ध छन्।
केही महत्वपूर्ण तथ्य
करियर प्लान गर्दा आफ्नो क्षेत्रसँग सम्बन्धित सबै सानोतिनो कुराको पूरै ख्याल राख्नुपर्छ। विषय छनौट गर्नुभन्दा पहिले विद्यार्थीले आफ्नो क्षमता र रुचिलाई अगाडि राखेर सम्बन्धित क्षेत्रको सम्भावनाका बारेमा जानकारी राखेर मात्र तयारी गर्नुपर्छ।
विद्यार्थीका लागि
- करियर छनोट गर्दा सबैभन्दा पहिले आफ्नो रुचि, इच्छाशक्ति एवं प्रतिभाका सम्बन्धमा मन्थन गर्नुपर्छ।
- परीक्षामा प्राप्त अंकलाई विषय छनौटको आधार बनाउनु हुँदैन। आफ्नो मनको आवाज सुन्नुपर्छ र त्यही विषय छान्नुपर्छ जसमा आफ्नो पकड बलियो छ।
- सामान्यरूपमा विद्यार्थीहरू आफ्ना साथीभाइको देखासिकीमा करियर छनोट गर्छन्। यो करियरका लागि घातक हुन्छ किनभने सबै विद्यार्थीको रुचि, क्षमता अनि महत्वाकांक्षा एउटै हुँदैन।
- कतिपय विद्यार्थीले आफ्नो क्षमतालाई पन्छाएर धेरै ठूलो लक्ष्य लिन्छन् जसको परिणाम राम्र्रो हुँदैन। ठूलो लक्ष्य लिनु नराम्रो होइन तर त्यसका लागि आफ्नो क्षमता र सीमाको सही मूल्यांकन गर्नु आवश्यक छ।
अभिभावकका लागि
अभिभावकबाहेक विद्यार्थीलाई अरू कसैले मार्गदर्शन गर्न सक्दैन। विद्यार्थीको पहिलो रोलमोडल र काउन्सिलर अभिभावक नै हुन्छन्। त्यसैले अभिभावकले आफ्ना छोराछोरीको विषय र करियर छनौटमा विशेष ध्यान पुर्याउनुपर्छ।
- विद्यार्थीको रुचि एवं भावनाको सम्मान गर्नुपर्छ। उसको रुचि र क्षमतालाई ध्यानमा राखेर नै करियर र विषय छनौट गर्ने सल्लाह दिनुपर्छ।
- कैयौं अभिभावक विद्यार्थीमाथि आफूले चाहेको करियर थोपार्ने प्रयास गर्छन्। त्यसो गर्नु उपयुक्त होइन।
- विद्यार्थीसँग कठोरतापूर्वक व्यवहार गर्नुहुँदैन। उनीहरूसँग मित्रवत व्यवहार गर्नुपर्छ। यसले उनीहरू अभिभावकका अगाडि खुलेर आफ्नो समस्या र इच्छा व्यक्त गर्न सक्छन्।
No comments:
Post a Comment