Wednesday, December 17, 2014

कपिलवस्तु नगरपालिकामा महिला संघको नगर सभापतिमा श्रीमाल

कपिलवस्तु, १ पुस

नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघको कपिलवस्तु नगरपालिका क्षेत्रको नगर सभापतिमा बिष्णु माया श्रीमालको नेतृत्वमा ११ सदस्यिय कार्य समिती निबिरोध चयन भएको छ । संघको तौलिहवाको बाल मन्दिरमा सम्पन्न अधिबेशनले सचिवमा लक्ष्मी कार्कि, कोषाध्यक्षमा प्रियंका रैदास र सदस्यहरुमा क्रमशः गुलाबपति बढई, दिपा चौधरी, मिना ज्ञवाली, जलेशा मुसलमान, राधा पाण्डे, कमलावती पासी, सहिबुन निशा र सुनिता श्रेष्ठलाई चयन गरेको नगर निर्वाचन संयोजक बिकास
बन्जाडेले जानकारी दिए ।  त्यसै गरि अधिबेशनले निर्वाचन क्षेत्र नम्बर ३ का लागी समाबेशी क्षेत्रिय प्रतिनिधीका रुपमा सिर्जना ज्ञवाली, सकुन्तला चौधरी, कुन्ती पासी, तृष्णा बिश्वकर्मा, रिता कहाँर र साबित्री कुर्मीलाई चयन गरेको जनाईएको छ । निर्वाचनमा नगर निर्वाचन संयोजकका रुपमा नेपाल शिक्षक संघका बिकास बन्जाडे, सुर्यनारायण कर्ण र राधबेन्द्र प्रसाद पाण्डे खटिएका थिए ।

No comments:

Post a Comment