Wednesday, December 17, 2014

छुट्टै वाड नहुदाकपिलवस्तु कारागारमा महिलाकैदी बन्दी राख्न समस्या

कपिलवस्तु , १ पुस

           अटाउने क्षमता भन्दा तेब्बर कैदीबन्दी भएर समस्यामा परेको कपिलवस्तु कारागारमा महिला राख्ने वार्ड नहुदा झन समस्या थपिएको छ । सर्वोच्च अदालतले चलाएको फैसला कार्यान्वयनको विशेष अभियान जिल्ला अदालतबाट मुद्दाहरुको धमाधम फैसला भए पछि कारागारमा कैदी बन्दीका चाप बढेको बेला महिला राख्ने कैदी बन्दी नहुदा कारागारमा अहिले समस्या आईपरेको छ । गत शुक्रवार अदालतको फैसला पछि २ महिला कारागार चलान भएका थिए
। महिला राख्ने कैदी बन्दी नहुदा अदालतबाट फैसला भए पनि ती दूई महिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्नपठाईएको जेलर रेखा पुनले बताउनुभयो । जारी मुद्दामा एक महिना कैद सजाए पैmसला भए पछि निग्लिहवा गाबिसकी नाजीमा मुलमान र बहुबिवाहमा सजाए तोकिएर मोतिपुर– २ बनगाईकी दुर्गा पोख्रेललाई प्रहरी हिरासत कक्षमा राखिएको छ । ७ महिनाको गर्भ बोकेकी नाजिमालाई प्रहरी हिरासतमा रहकोले झन समस्या भएको छ । ७९ जना क्षतमा भएको जीर्ण कारागारमा अहिले २ सय २७ जना छन् । त्यस मध्ये २ जना महिलालाई राख्ने ब्यवस्था नहुदा जिल्ला प्रहरी कार्यालयमा राखिएको हो । ‘ क्षमता भन्दा भएको बेला झन थपिदै गएको छ, त्यसैमा महिला कैदीबन्दी आउदा झन समस्या हुने गरेको छ । ’ पुनले भन्नुभयो । राख्ने नहुदा ती दुई महिलालाई स्थानान्तरणका लागि कारागार ब्यवस्था बिभागमा अनुरोध गरी पठाईएको उहाँ बताउनुभयो । ‘ स्थानान्तरणको स्विकृति नआउदा सम्म प्रहरीलाई हिरासतमै राख्न अनुरोध गरी पठाएका छौ । ’ उहाँले भन्नुभयो । प्रहरी उपरिक्षक बिक्रम खड्का अनुसार कारागार प्रशासनले राख्ने नभएको जनाउदै जिल्ला प्रहरी कार्यालयमा महिला कैदी बन्दीलाई पठाउने गरेको छ ।
महिला कैदी बन्दीलाई लक्षित गरी ४ बर्ष अघि बनाईएको कारागारको नयाँ भवन प्रहरीले सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको जनाएको छ । जसले गर्दा नया कारागार भवन संचालनमा आउन नसकेकोले अलपत्र अवस्थामा छ । नयाँ भवन संचालन नभए सम्म महिलालाई कारागारमा राख्न नसकिने बताईएको छ । ‘ नया भवन संचालनकालागि प्रयासरत छौ, संचालनमा आए पछि त्यो समस्या समाधान हुनेछ । समस्याका बारेमा कारागार ब्यवस्थापन बिभागमा जानकारी गराउदा पनि सुनबाई नभएको कारागारकी जेलर रेखा पुनले बताउनुभयो । ‘ मन्त्रालय, बिभाग, क्षेत्रीय कार्यालय तथा अनुगमनमा आउने माहानुभावलाई कारागारको अवस्थामा बारे अवगत गराउदा कुनै सुनुवाइृ भएको छैन । ’ पुनले गुनासो गर्नुभयो ।
- See more at: http://ekapilvastu.com/?p=2077#sthash.c0RkJKQn.dpuf

No comments:

Post a Comment