कपिलवस्तुको पर्सोहिया गाबिस– ८ मा चिसोले बालकको मृत्युभएको एक मात्र छोरा गुमाउदा मृतक परिवार गहिरो शोकमा
कपिलवस्तु, १ पुस
चिसोले एक्कासी सिकिस्त बनेका कपिलवस्तुको पर्सोहिया गाबिस– ८ पोखरभिटवाका एकदलित बालकको सोमवार राति मृत्यु भएको छ । चिसोले एक्कासी बिरामी परेका १३ बर्षीय जवाहीर चमार मृत्यु भएको हो । सोमवार राति पानीसंगै परेको असिनाले गर्दा चिसो झन बढेको थियो ।
चिसोले एक्कासी सिकिस्त बनेका कपिलवस्तुको पर्सोहिया गाबिस– ८ पोखरभिटवाका एकदलित बालकको सोमवार राति मृत्यु भएको छ । चिसोले एक्कासी बिरामी परेका १३ बर्षीय जवाहीर चमार मृत्यु भएको हो । सोमवार राति पानीसंगै परेको असिनाले गर्दा चिसो झन बढेको थियो ।
चिसो लागेर लगातार ५ पटक बान्ता गरेर अर्धचेत बनेका जवाहीरको उपचारकोक्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको मृतकका पिता बिन्दुले बताउनुभयो । ‘ राति टाउको र पेट दुख्यो भन्दै छटपटाउन थाल्यो, लगातार अचानक बान्ता गरे पछि सिकिस्त भए पछि राति नै उपचारका लागि अस्पताल पर्याएका थियौ , ’ भएको एक मात्र सन्तान गुमाएर भावबिह्वल भएका बिन्दुले रसाएका आखाँ पुछ्दै भन्नुभयो ‘ थप उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाने तयारी गर्नेक्रममा उसले हामीालई सदाकालागि छाडेर गयो । ’ चिसोले लागेर एक मात्र नाबालक छोरा गुमाउनु भएका बिन्दुले भन्नुभयो ‘ काल बनेर आएको यस पालीको जाडोले हाम्रो खुशी सदा चुडेर लग्यो । ’ हुर्केको छोराको मृत्यु पछि बिन्दुको परिवार शोकमा डुबेको छ । आमा आफनो एक मात्र सन्तानलाई संझिएर छाति पिटेर राईराखेकी छिमेकी दिनेश पाण्डेयले बताउनुभयो । हसिला अनुहार भएका जवाहीरको मृत्युले पुरै पोखरभिटवा गाँउ शोकमग्न भएको छ ।
छिमेकी गाबिस बसन्पुरस्थित श्रीकृष्ण धार्मिक माबिको कक्षा ६ मा अध्ययनरत जवाहीर सोमवार बिद्यालयमा पढन समेत आएका थिए । ‘ दिनभरी बिद्यालयमा सार्थीहरुसंग खेल्दै, पुरै सात पिरियड पढेर जावाहीर घर फर्केको थियो, ’ मृत्युको खबरले दुःखी बनेका बिद्यालयका प्रअ रामजीयावन यादवलले भन्नुभयोे ‘ बिद्यालयमा हामीहरुलाई दिउसो उसले रमाईला कथा समेत सुनाएको थियो । ’ पढाईमा अब्बल, परिश्रमी जावाहीरको अचानक भएको मृत्युले आफुहरुलाई निकै मर्माहीत बनाएको यादवले बताउनुभयो । ‘ सबैसंग मिल्ने, झैझडा नगर्ने, हसिलो अनुहारका जावाहिरको झलझली संझना आईरन्छ, मिल्ने सहपाठी श्याम कुमार लोनियाले गहभरी आसुझादै भन्नुभयो ‘ मिल्नेसाथी सदाकालागि छाडेर गए पछि एक्लो महसुस भईरहेको छ, बिद्यालय जान पनि मन लाग्दैन । ’ उहाले भन्नुभयो । मृतक आत्माको चिरशान्तिको कामना गर्दै बिद्यालयमा मंगलवार शोक बिदा गरिएको थियो । मृतक जावाहीरको गाउ नजिकैको जमुहार नालमा मंगलवार अन्त्येष्ठी गरिएको थियो ।
जोडो बढेपछि जिल्लाको जनजीवन प्रभावित हुदै गएको हो ।
No comments:
Post a Comment