मधेशी
मोर्चामा आवद्ध कपिलवस्तुका तीन सभासद् र एक नेताले सीमावर्ती भारतीय
जिल्ला सिद्धार्थनगरको नौगढमा पुगेर ८ भदौमा भारतीय लोकसभा सांसद जगदम्बिका
पालसँग भेट गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका सभासद्
अभिशेकप्रताप शाह र केन्द्रीय सदस्यउ सहसराम यादव, तराई मधेश लोकतान्त्रिक
पार्टीका वृजेशकुमार गुप्ता र सद्भावना पार्टीका नरसिंह चौधरीले पालसँग
भेटघाट गरी मधेशमा भइरहेको आन्दोलनबारे छलफल गरेका हुन् । भेटघाटपछि
उनीहरुले नौगढमै पत्रकार सम्मेलनसमेत गरेका थिए ।
सभासद् गुप्ताले नेपाली मिडियाले पर्याप्त
कभरेज नगरेकाले मधेश आन्दोलनबारे अन्तर्राष्ट्रिय जगतलाई थाहा दिन नौगढमा
पत्रकार सम्मेलन गरेको बताए ।
“पत्रकारसम्मेलनमा मधेश आन्दोलनमा
प्रहरीले गरेको दमन र मधेशी दलसँग यसअघि भएका समहति नयाँ संविधानको
मस्यौदामा नसमेटिएको बारे जानकारी गरायौं”, गुप्ताले भने, “सेना लगाएर
समाधान हुँदैन, तत्काल वार्ता गरी समाधान निकाल्नुपर्छ ।”
“सीमावर्ती क्षेत्रमा लामो समय चलेको
आन्दोलनले भारततर्फ पनि असर पुर्याउला भन्ने पालको चासो थियो”, गुप्ताले
हिमाल खबरसँग टेलिफोन सम्पर्कमा भने,“हामीले हाम्रा चासो राख्यौं, सामान्य
छलफल भयो, कुनै ठूलो कुरा भएको होइन ।”
उनले सरकारले मधेशलाई उपेक्षा गरेको आरोप
लगाए । “यतिका दिनदेखि मधेश जलिरहेको छ, तर सरकारले उपेक्षा गरिरहेको छ”,
उनले भने,“त्यही उपेक्षाका कारण टीकापुरमा अप्रिय घटना घट्यो, भोली अन्यत्र
पनि यस्तो नहोस् भनेर सरकारले समाधान गर्न खोजेको देखिएन ।”
- See more at: http://www.himalkhabar.com/?p=109249#sthash.9net5vto.dXRqjCu1.dpuf

No comments:
Post a Comment