काठमाण्डु, भदौ ९ – कैलालीको टीकापुरमा भएको अमानविय र पासविक घटनाका कारण सिंगो मुलुक स्तब्ध भइरहेको बेलामा केही मधेसवादी दलका सभासदले भारतमा पुगेर नेपाली शासक र सञ्चारमाध्यम विरुद्ध अभिव्यक्ति दिएका छन् ।
संघीय समाजवादी फोरम नेपालका सभासद अभिषेक
प्रताप शाह, केन्द्रीय सदस्य सहसराम यादव, तराई मधेस लोकतान्त्रिक
पार्टीका सभासद बृजेश कुमार गुप्ता र सदभावना पार्टीका नरसिंह चौधरीले
मंगलबार भारतको सीमावर्ती सहर नौगढ पुगेर आफ्नै देश र राष्ट्रियताको
विरुद्धमा अभिव्यक्ति दिएका हुन् ।
उनीहरुले भारतीय सांसद जगदम्बिका पालसँग
भेटवार्ता गरेर नेपालको घटना र पछिल्लो राजनीतिक गतिविधिका बारेमा पनि छलफल
गरेको बताइएको छ ।
भेटवार्तापछि उनीहरुले पत्रकार सम्मेलन गर्दै नेपालमा भइरहेको आन्दोलन, नेपाली मिडियाको भूमिकाका बारेमा नकारात्मक टिप्पणी गरेका थिए ।

सभासद गुप्ताले नेपाली मिडिया शासक वर्गको पिछलग्गु भएको आरोप लगाएका थिए ।
उनले आफूहरुले मधेसी र उत्पीडनमा परेका
जनताको अधिकाका लागि आन्दोलन गर्दा पनि मिडियाले सहयोग नगरेकाले आफूहरु
भारतको शरणमा आउनुपरेको बताएको भारतीय अखबार जागरण दैनिकको अनलाइन
संस्करणमा उल्लेख छ ।
सभासद गुप्ताले मधेसी आन्दोलनकारीको समूहमा शासक वर्गले नै घुसपैठ गराएर आन्दोलन तुहाउन षडयन्त्र गरिरहेको आरोपसमेत लगाएका छन् ।
उनीहरुले भारतीय विधायक पालमार्फत भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री
सुष्मा स्वराजलाई सम्बोधन गरेको पत्रसमेत हस्तान्तरण गरेको दैनिक जागरणले
जनाएको छ ।
- See more at: http://kathmandutoday.com/2015/08/129722.html#sthash.i6Tujpdm.vhuCUhPL.dpufकाठमाण्डु, भदौ ९ – कैलालीको टीकापुरमा भएको अमानविय र पासविक घटनाका कारण सिंगो मुलुक स्तब्ध भइरहेको बेलामा केही मधेसवादी दलका सभासदले भारतमा पुगेर नेपाली शासक र सञ्चारमाध्यम विरुद्ध अभिव्यक्ति दिएका छन् ।

- See more at: http://kathmandutoday.com/2015/08/129722.html#sthash.i6Tujpdm.vhuCUhPL.dpuf
No comments:
Post a Comment