Sunday, December 14, 2014

अलकायदाको काठमाडौंमा आक्रमण योजना झूठो सावित

प्रहरीलाई गलत सूचना दिने ह्याकर भारती पक्राउ

२८ मंसिर, काठमाडौं ।
 इस्लामिक आतंककारी संगठन अलकायदाले काठमाडौंमा विष्फोट गराउने योजना बनाएको भन्दै गरिएको प्रचार गलत भएको पुष्टि भएको छ ।प्रहरी तथा सञ्चार माध्यमहरुलाई गलत इमेल पठाएर फसाउन खोजेको भन्दै रोशन भारती नामका व्यक्ति पक्राउ गरेका छन् ।

Friday, September 5, 2014

मित्तलको अवस्था अझैसम्म अज्ञात

सीताराम चौधरी/
कपिलवस्तु, भदौ-५ ।
साताअघि जिल्लाको चन्द्रौटाबाट हराएका कपडा व्यापारी कृष्णनगर–४ का ५२ वर्षीय श्यामसुन्दर मित्तलको अवस्था अझैसम्म अज्ञात छ । व्यापारको सिलसिलामा चन्द्रौटा आएका मित्तल गत साउन २७ गते बुधबारका दिन दिउासोदेखि गायब भएका हुन् । मित्तलको अवस्थाबारे अझैसम्म अत्तोपत्तो नभएको छोरा नितिन कुमार मित्तलले बताए । मित्तलले व्याजेमा ऋण लगाउने हुादा सोही सिलसिलामा विहानैदेखि चन्द्रौटामा थिए । सोही कारोबारका लागि दुई अज्ञात व्यक्तिसाग सम्पर्क समन्वय भइरहेको र दिउासो करीब २ बजे मोटरसाइकलमा तिनै व्यक्तिसागै तौलिहवा हिंडेदेखि हालसम्म अज्ञात बनेका छन् । चन्द्रौटाको बीच चोक जहाा तीनओटा सीसी क्यामरा जडान गरिएको छ, उता वडा प्रहरी कार्यालय अगाडि चेकपोष्ट अगाडि दुईओटा सीसी क्यामरा लगाइएको छ । मित्तल चन्द्रौटाको बीच चोकबाट मोटरसाइकलमा निस्किएको र वडा प्रहरी कार्यालय अगाडिबाट गएको भएपनि सीसी क्यामरामा समेत कुनै अभिलेख कैद छैन । अपराधिक क्रियाकलाप रोकथाम र सडक दुर्घटना न्यूनीकरणमा थप सहयोग पुर्‍याउन बढी चहलपहल हुने क्षेत्रमा चौबीसै घण्टाको दृश्यको अभिलेख राख्न सीसी क्यामरा जडान गरिएको प्रहरी बताउाछ । तर प्रहरी कार्यालयमा त्यस घटनाको कुनै दृश्य कैद नहुनुले शान्ति सुरक्षामा थप चुनौती थपिएको स्थानीयको आरोप छ । मित्तल कृष्णनगर क्षेत्रमा धनाढ्य व्यक्तिमध्ये पर्छन् । सीमापारि बढनीमा उनको ठूलो कपडा पसल समेत रहेको छ । चन्द्रौटा क्षेत्रका कपडा व्यापारीसाग पनि उनको राम्रो सम्बन्ध रहेको छ । मित्तलले व्यापार बाहेक धितो राजीनामा लिई व्याजेमा ऋण समेत लगानी गर्ने गरेको व्यापारी बताउाछन् । मित्तलले चन्द्रौटा क्षेत्रका पहाडिया र मुस्लिम समुदायका कारोबार गर्ने व्यापारीहरुलाई मात्र ऋणमा रकम दिने गरेको छोरा नितिनकुमारले बताए । ऋण लगानी गर्नुअघि उनले अग्रिम ६ हजारसम्म रकम लिने गरेको स्थानीय बताउाछन् । मित्तल अज्ञात भएको दिन चन्द्रौटा चोक स्थित ज्ञवाली ट्रेडर्समा बसेर ऋण लगानी गर्ने व्यक्तिसाग बारम्बार मोबाइल सम्पर्क भइरहेको ट्रेडर्सका प्रोप्राइटर बुलानाथ ज्ञवालीले बताए । दिउासो झण्डै १ बजेको समयमा दुई अज्ञात व्यक्ति त्यहाा आई ६ हजार रकम दिएको तर उनीहरुको अनुहार ठम्याउन नसकेको ज्ञवालीले बताए । दुवैपक्षको कुराकानीपछि उनीहरुसागै मित्तल तौलिहवा जान भनी हिंडेको ज्ञवालीले जनाए । त्यस दिन सााझसम्म घर नफर्केपछि फोन सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेपछि परिवारजनले खोजीकार्य शुरु गरेका थिए । तौलिहवाको नापी तथा मालपोत कार्यालयमा जान हिंडेको भएपनि त्यहाा समेत नगएको सम्बन्धित कार्यालयले जनाएका छन् । मित्तलको खोजीकार्यका लागि प्रहरी प्रशासनमा अनुरोध गरेपनि प्रहरी घटनाप्रति खासै सक्रिय नबनेको छोरा नितिनकुमार मित्तलले आरोप लगाए । घटना भएको हप्ता नाघिसक्दा समेत प्रहरी प्रशासन खासै गम्भीर नबनेको सामाजिक अगुवाहरुको आरोप छ । हालसम्म पनि कुनै उपलब्धी नहुनुले पनि घटनाप्रति प्रहरी चनाखो नदेखिएको मानवअधिकारकर्मी बताउाछन् ।
यता प्रहरीले घटनाबारे विशेष अनुसन्धान कार्य गरिरहेको जनाएको छ । घटनाको वास्तविकता पत्ता नलागेसम्म सार्वजनिक गर्न नमिल्ने भन्दै केही दिनमै घटनाको सत्यतथ्य सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

शिवराज नगरपालिकाको सिमाक्षेत्रमा स्वागत बोर्ड स्थापना ।।


सनि/कपिलवस्तु भाद्र १८
कपिलवस्तुको शिवराज नगरपालिका
ले आफनो सिमा क्षेत्रका तिन स्थानमा मगंलवार स्वागत बोर्ड स्थापना गरेको छ । नगरपालिकाको निमिक्त कार्यकारी प्रमुख कृष्ण कुमार चौधरीको नेतृत्वमा सो बोर्ड स्थापना गरीएको हो ।
सिमाक्षेत्रमा स्थापना गरीएका बोर्डले नगरपालिकाको सिमा सुरु अनत्य भएको संकेत दिने कृष्ण कुमार चौधरीले बताउनुभयो । साथै सर्वसाधारण सम्पुर्णलाई नगरक्षेत्र बारे जानकारी समेत हुने चौधरीले बताउनुभयो । बोर्डमा यात्रुहरुको यात्रा मंगलमय रहोस भनि शुभकामना समेत ब्यक्त गरीएको छ । नगरपालिकाको तिन स्थान दक्षिण तर्फ लोहरौला, पश्चिम धानखोला पुर्वमा बेल नदि नजिकै बोर्ड स्थापना गरीएको छ । नगरपालिका कर्मचारी , ईलाका प्रशासन कार्यालयका प्रतिनिधी , संचारक्रमीको सहभागीतामा बोर्ड स्थापना गरीएको हो ।

Sunday, August 24, 2014

विप्लवका छोरा र भतिजीले आत्महत्याको प्रयास गरेको खुलासा

biplop-xora1एनपी न्युज डटनेट, काठमाडौ, भदौ  ८ – नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दका छोरा नरेन्द्र र भतिजी मञ्जुले आत्महत्याको प्रयासस्वरुप विष सेवन गरेको खुलेको छ ।

Friday, August 22, 2014

बहराइनका प्रवासी नेपालीद्वारा संकलित राहत रकम विहिबार कपिलवस्तुका अग्नीपीडितलाई वितरण

सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), ५ भदौ ।
      बहराइनका प्रवासी नेपालीद्वारा संकलित राहत रकम विहिबार कपिलवस्तुका अग्नीपीडितलाई वितरण गरिएको छ ।
      जिल्ला प्रशासन कार्यालयमार्फत इलाका प्रशासन कार्यालय चद्रौटाले शिवराज–७, पिपरीका अग्नीपीडितलाई नगद रकम वितरण गरेको हो । अग्नीपीडित ३५ परिवारलाई जनही एक हजारका दरले नगद रकम वितरण गरिएको कार्यालयले जनाएको छ । शिवराज नगरपालिकाका निमित्त कार्यकारी अधिकृत कृष्णकुमार चौधरी र इलाका प्रशासन कार्यालय चन्द्रौटाका सह लेखापाल रामप्रकाश चौधरी पीडित वस्तीमा पुगी रकम वितरण गर्नुभएको थियो ।
      गत २०७० चैत्र १८ गते आगलागी हुँदा ४८ घरपरिवार घरबारविहीन भएका थिए । आगोमा परी सक्टु भरका ७ वर्षीय छोरा शिव भरको जलेर मृत्यु भएको थियो । आगलागीबाट डेढ करोड बढीको क्षति भएको थियो । त्यहाँका अग्नीपीडित यतिबेला सोही ठाउँमा घर बनाएर बस्न थालेका छन् ।

नेवि सघ कपिलवस्तुको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम चन्द्रौटामा सम्पन्न ।।


सनि कपिलवस्तु
चन्द्रौटा भाद्र ६


नेपाल विद्यार्थी सघँकपिलवस्तुको बधाई तथा शुभकामना अदान प्रदान कार्यक्रम विहिवार चन्द्रौटामा सम्पन्न भएको छ । नेपाल अदार्श बुहुमुखी क्यापसका स्वावियु सभापती विशाल गुप्ताको अयोजनामा चन्द्रौटामा रहेको लुम्बिनी तालिम केन्द्रमा बधाई तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरका स्वावियु सभापती विशाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कागे्रस कपिलवस्तुका सभापती तथा क्षेत्र नं ४ का सभासद सुरेन्द्रराज आचार्य रहनु भएको थियो । विशिष्ट अतिथिमा क्षेत्र नम्वर २ का स्वातन्त्र सभासद अतहर कामाल रहनु भएको थियो । अन्य अतिथिहरुमा नेपाली काग्रेस कपिलवस्तुका कार्यवहाक सभापती अब्दुल कलाम खानँ,जिल्ला सचिव विनोद नेपाल,महासमिति सदस्य हुमकान्ता खनाल, जिल्ला सदस्यहरु हरी प्रसाद पोखरेल, कृष्ण पौडेल,प्यार मोह्म्मद मियाँ, मन्जु लाता गुप्ता, नेपाली काग्रेस कपिलवस्तुका सस्थापक सभापती नवराज पाण्डे, नेपाली काग्रेस कपिलवस्तु क्षेत्र न। ४ का सभापती प्रेम बहादुर रायमाझी,५का सभापती भवनराज पौडेल,क्षेत्र नं १ का क्षेत्रीय सचिव केशव श्रेष्ठ, क्षेत्र नं ४ का क्षेत्रीय सचिव रोमलाल खनाल,शिवपुर गाविस इकाई सभापती नारायण पौडेल,चन्द्रौटा उद्योग वाण्ज्यि सघँका अध्यक्ष जमशेर अलि मिया,तरुण दल क्षेत्र नं ५ का सभापती सिराज अह्मद खाँ,नेपाल विद्यार्थी सघ क्षेत्र नं १ का सभापती चन्द्रकान्ता खनाल,३ का सभापती अनन्द कुमार चौधरी, ५ का सभापती बाल कृष्ण भुसाल, नेपाल प्रेस युनियन कपिलवस्तुका सचिव माणि प्रसाद गैरे ,रेडियो समानताका स्टेशन म्यानेजर राजु खराल,रेडियो मायादेवीका स्टेशन म्यानेजर गुरुदेव भटाराई,खोज न्युज टुडेका पत्रकार गोपाल पाठक,चन्द्रौटाका युवा उद्यामी, माधव घिमिरे र सुरेश जैसावाल लगायतको अतिथ्यिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सँघ कपिलवस्तुका सभापती राकेश पाण्डेयले सबै विद्यार्थाीलाई समेटेर लैजाने बताउनु भएको छ । नव निर्वाचित सभापती पाण्डेयले सबै विद्यार्थीहरुको हक अधिकारलाई समेटेर सदैव एक भएर लाग्ने सबैको सल्लाहआनुसार आघि बढ्ने बताउनु भएको छ । कपिलवस्तुको चन्द्रौटामा अयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा आज पाण्डेले यस्तो बताउनु भएको हो । गत असार ३१ गते सम्पन्न नेपाल विद्यार्थी सघँ कपिलवस्तुको ११ औ अधिवेशनवाट निर्वाचित कार्य समिती , महाधिवेसन प्रातिनिधिहरु तथा अधिवेसनमा सहयोग गर्नै सम्पुर्णलाई बधाई तथा धन्यावाद दिदै सभापती पाण्डेयले विजयी तथा पराजित सबैलाई मिलाएर लैजाने बताउनु भयो ।
त्यस्तै शिवपुरका स्वावियु सभापती विशाल गुप्ताले सबै विद्यार्थीहरुलाई समेटेर सगंठन बालियोे बनाउनु पर्नै बताउनु भयो । अधिवेशनको क्रममा विभाजित भएका सम्पुर्ण विद्यार्थीलाई एक ढिक्कामा गसेर अगडी बढ्न सके नेपाल विद्यार्थी सघलाई नमुना बनाउन सक्ने बताउनु भयोे । बोल्ने अधिकान्स वाक्ताले नव निर्वाचित नेपाल विद्यार्थी सघका कार्य समिति सदस्य र महाधिवेन प्रातिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिदै सबै विजयी र पराजित लाई समेटेर लैजना अनुरोध गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई टिका लगाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
चन्द्रौटा उघोग बाण्ज्यि सघंका अध्यक्षँ जमशेर अलि मियाले क्षेत्र नं ४ का सभासद सुरेन्द्रराज आचार्य ,क्षेत्र नम्वर २ का स्वातन्त्र सभासद अतहर कामाल नेपाली काग्रेस कपिलवस्तुका कार्यवहाक सभापती अब्दुल कलाम , नेपाल आदर्श बहुमुखी क्याम्पसका स्वावियु सभापती विशाल गुप्ता र नेपाल विद्यार्थी सँघ कपिलवस्तुका सभापती राकेश पाण्डेयलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
नेपाल विद्यार्थी सघ क्षेत्र नं ५ का सचिव विश्वमाणी घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सघ क्षेत्र नं ५ का सभापती बाल कृष्ण भुसालले गर्नु भएको थियो ।

Monday, August 18, 2014


दुर्गन्धित बन्दै कपिलवस्तु चन्द्रौटा बजार.

सनी / कपिलवस्तु  भदौ 
शिवराज नगरपालिकाको एक मात्र मुख्य बजार चन्द्रौटा चोकको फोहोर व्यवस्थापनमा कसैको ध्यान नपुग्दा दुर्गन्धित बन्दै गएको हो । चन्द्रौटा बजारमा अहिले यति सम्म फोहर बढेको छ कि जता हे¥यो फोहर मात्र देखिन्छ

नेवि संघ कपिलवस्तुको अधिवेशन सम्पन्न ।। सभापती पदमा पाण्डे चयन ।।

२ भदौ,कपिलवस्तु
 नेपाल विद्यार्थी संघ कपिलवस्तुको ११ औ जिल्ला अधिवेशनको सम्पन्न भएको छ ।अधिवेशनमा सभापती पदमा राकेश पाण्डेय विजयी हुनुभएको छ । साउन ३१ अवेर भएको मत परिणमले विशाल गुप्तालाई हराउदै राकेश पाण्डे विजयी हुनुभएको हो ।

कपिलवस्तुको पश्चिमी क्षेत्र असुरक्षित बन्दै,


चिन्ता परियार ,
चन्द्रौटा(कपिलवस्
तु)
जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्ला केहि श्रृखलाबद्ध घटनाका कारण उक्त क्षेत्र असुरक्षित बन्दै गएको प्रति स्थानियले चिन्ता ब्यक्त गरेका छन ।
एक महिना अघि कृष्णनगरका डन कौशल खाँ माथी गोली प्रहार गरी हत्या हुनु, चन्द्रौटाको विच बजारको एक होटलबाट ईटालियन पेस्तोल सहित ब्यक्ति पक्राउ पर्नु र केहि दिन अघि कृष्णनगरका कपडा ब्यापारी श्याम सुन्दर मित्तल चन्द्रौटाबाट बेपता हुनले पश्चिमी क्षेत्र असुरक्षित बन्दै गएको प्रति गंभीर हुदै स्थानियले चिन्ता ब्यक्त गरेका हुन ।

Monday, August 11, 2014

कपिलवस्तुका अस्थाई शिक्षकहरु विद्यालय वन्द गरि आन्दोलीत , हजारौ विद्यार्थी अध्ययनवाट वञ्चित ।।

२७ साउन, कपिलवस्तु
                कपिलवस्तुका सामुदायिक बिधालयमा कार्यरत अस्थाई शिक्षकले आफ्ना माग पुरा नभएको भन्दै बिधालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन ।
शिक्षक सेवा आयोगको परिक्
षामा छनौट भएका स्थाई शिक्षकका कारण बिस्थापित हुनु परेको भन्दै अस्थाई शिक्षकले जिल्लाका ४ सय २५ सामुदायिक बिधालय बन्द गरि सदरमुकाम तौलिहवा स्थित जिल्ला शिक्षा कार्यालयमा धर्ना दिई अनिश्चिितकालिन आन्दोलनमा

Sunday, August 10, 2014

नेवि संघ कपिलवस्तुको अधिवेशन ३० र ३१ साउन मा हुने ।।


चन्द्रौटा(कपिलवस्तु), २४ साउन ।

कपिलवस्तुमा लामो समयदेखी विवादका कारण हुन नसकेको नेपाल विद्यार्थी संघको ११ अधिवेशन अब हुने भएको छ ।